दोस्रो जितको खोजिमा पुलिस
शुक्रबार, २३ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबले काभा महिला लिगमा शुक्रबार आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग खेल्दैछ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन्। यी दुईबीचको खेल शुक्रबार राति ९:१५ बजेबाट सुरु हुनेछ।
समूह ‘बी’ को पहिल खेलमा नेपाल पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो।
उता इरानी क्लब फौलाद पनि आफ्नो दोस्रो जित हात पार्ने लक्ष्यसहित खेलमा उत्रँदैछ।














