आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता
-1769690582903.jpeg&w=3840&q=75)
हिमालयन मनोज, पोखरा। विभागीय डर्बीमा एपीएफलाई हराउँदै त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कपमा तेस्रो स्थानमा खेल्ने सुनिश्चित गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार सम्पन्न खेलमा आर्मीले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो। जितसँगै आर्मीले पाँच खेलबाट ७ अंक पुर्याएको छ। एपीएफको पनि समान खेलबाट ७ अंक नै छ। तर, आर्मी सेटले अगाडि रहेको छ।
रोमाञ्चक खेलमा आर्मीले पहिलो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै एपीएफले खेलमा २–१ को अग्रता बनायो। ती दुई सेटमा आर्मीले २५–२ र २५–१७ को हार बेहोर्यो। त्यसपछिका दुई सेटमा भने २५–१७ र १८–१६ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो।













