एरिकालाई ऐतिहासिक रजत पदक
आइतबार, ११ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं । कराँतेकी खेलाडी एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् ।
टर्कीको इस्तानबुलमा भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा रजत पदक प्राप्त गरेकी हुन् ।
प्रतियोगिताको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भईन् ।
बेरुल्त्सेभा हात विश्व च्याम्पियनसिपकी उपविजेता तथा महादेशीय च्याम्पियन खेलाडी हुन् । इस्तानबुलमा जितेको यो उपाधि सन् २०१९ मा मस्कोमा जितेपछि उनको पहिलो कराँते वान प्रिमियर लिग स्वर्ण हो ।
यता, गत वर्ष मोरोक्कोमा भएको प्रतियोगितामा एरिकाले कास्य पदक जितेकी थिईन् ।
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले एरिकाले प्राप्त गरेको सफलता कराँते इतिहासमै अहिलेसम्मकै उच्च उपलब्धि कायम राखेको बताए ।
#karatearikagurung







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)



-1769407824233.jpeg&w=3840&q=75)



