चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर
शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को ‘एक्सप्लोर द ट्रयाक’ कार्यक्रमअन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय रेसिङ कार्यक्रम भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल रेसिङ सर्किटमा सुरु भएको छ।
नेपाल रोड रेसिङ च्याम्पियनशिपका विजेता तथा उत्कृष्ट ११ नेपाली राइडर र दुई अफिसियल सहभागी टोली बिहीबार चेन्नई पुगेको हो।
मद्रास मोटर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा शुक्रबार ओरिन्टेशन, शनिबार अभ्यास र आइतबार फाइनल रेस हुने छ।
कार्यक्रमलाई अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) र मद्रास मोटर स्पोर्ट्स क्लबको प्राविधिक तथा आर्थिक सहयोग प्राप्त छ।
नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको रेसिङ ट्रयाकको अभाव रहेका कारण चेन्नईमा भइरहेको यस इभेन्टलाई नासा नेपालले राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको छ।
#nepalmotersportsmotersportsnasanepal













