बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

मंगलबार, २२ पौष २०८२खेलपाटी संवाददाता
नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !
mustang rice ad

काठमाडौं। स्टार ब्राजिलियन फुटबलर नेयमारको करिअरमा चोट सधैं ठूलो समस्या बनेर आएको छ। करिअरका महत्त्वपूर्ण समयमा पटक–पटक चोटग्रस्त भएर लामो समय मैदान बाहिर बस्नुपरेको छ उनलाई।

यस्तै चोटले ग्रस्त एक कठिन समयमै नेयमारले सन्न्यासको बारेमा सोचेको कुरा उनका पिता नेयमार सिनियरले खुलासा गरेका छन्।

हाल नेयमार मेनिस्कसको चोटबाट पीडित छन्। गत सिजन सान्तोसका लागि महत्त्वपूर्ण समयमा मैदानमा उत्रिए पनि उनी पूर्ण रूपमा फिट हुन सकेनन्। गएको २२ डिसेम्बरमा उनको बायाँ घुँडाको शल्यक्रिया गरिएको थियो।

३३ वर्षे नेयमारको शल्यक्रियाअघिको मानसिक अवस्थाबारे एक अन्तर्वार्तामा नेयमार सिनियरले भने,‘मेनिस्कसको चोटको खबर मिडियामा आएपछि नेयमार मानसिक रूपमा पूर्ण रूपमा विक्षिप्त थिए।” घरमा गएर कुरा गर्दा नेयमारले आफू पहिलेझैं परिस्थितिलाई सम्हाल्न नसकिरहेको र शल्यक्रिया गरेपछि साँच्चै निको हुन्छु कि हुँदैन भन्नेमा शंका लागेको बताएका थिए।

बुवाको नजरमा त्यो बेला छोराभित्र गहिरो निराशा देखिन्थ्यो। त्यसपछि नेयमार सिनियरले उनलाई दुई कुरामा ध्यान केन्द्रित गर्न सल्लाह दिए। चोट जितेर मैदानमा फर्केर आलोचकहरूलाई जवाफ दिने र विश्वकप खेल्ने सपना जोगाइराख्ने।

नेयमार सिनियरले थपे,‘शल्यक्रिया गर्ने निर्णय लिएमा उपचार र रिह्याबको सम्पूर्ण प्रक्रियामा म सधैं छोरासँगै रहने आश्वासन दिइरहन्थे। यसले नेयमारको मानसिकता बलियो बनायो।’ त्यसको भोलिपल्ट नै नेयमारमा सकारात्मक परिवर्तन देखियो। उनले फेरि अभ्यास सुरु गरे। दुवै खुट्टाले शट हान्न थाले र आत्मविश्वास फर्किएको संकेत दिए।

नेयमारले ब्राजिलका लागि १२८ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमानी ७९ गोल गरेका छन्। ब्राजिलका पोस्टर ब्वाइका रूपमा चिनिने उनले तीन वटा विश्वकप पनि खेलेका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित