पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने
बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल पुलिस क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा पुलिसले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
पुलिसले पहिलो सेट २५–१९ दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो। पुलिसले सेमिफाइनलमा शुक्रबार हेल्प नेपालसँग दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछ।













