हेल्प नेपाल सेमिफाइनलमा
बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
हेल्प नेपालले पहिलो सेट २५–१३ ले सहज रूपमा आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा भने कडा प्रतिस्पर्धा देखिए पनि २५–२३ ले जित निकाल्दै हेल्प नेपालले खेलमा पकड बनायो। तेस्रो सेटमा २५–१८ को जितसँगै हेल्प नेपालले सेमिफाइनल स्थान सुनिश्चित गर्यो।
अब हेल्प नेपालले सेमिफाइनलमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



