कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

काठमाडौं। अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै कोशी प्रदेश नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम ८ मा पुग्ने कोशी अन्तिम नै टोली हो। योसँगै पुरुषतर्पको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सेटमा पराजित गरेको हो। योसँगै कोशी समूहको उपविजेता बन्यो। कोशी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो।
आर्मी समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा कीर्तिपुर भने जितविहीन हुँदै बाहिरिएको छ। योसँगै कोशीले सेमिफाइनल पुग्न नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ।
पुलिस समूह ‘बी’को विजेता हो। टोलीले ढोरपाटन क्लब र खिल्जी युवा क्लबलाई पराजित गरेको थियो।
कोशीलाई कीर्तिपुरले जित निकाल्न भने कठिन पार्यो। तीनवटै सेट प्रतिस्पर्धात्मक रह्यो।
कोशी पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट २५–२० ले जितेको कोशीले अर्को पनि २५–२३ ले आफ्नो बनायो।







-1767162700754.jpg&w=3840&q=75)
-1767098144368.jpg&w=3840&q=75)




-1767150421112.webp&w=3840&q=75)