समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

काठमाडौं। अन्तिम खेलमा एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डाइमन्ड नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘ए’को खेलमा एभरेस्ट भलिबल क्लबलाई न्यु डाइमन्डले ३–० को सोझो सेटमा पराजित गरेको हो।
जितसँगै न्यु डाइमन्डले ३ खेलबाट ९ अंक पुर्यायो। यसअघि न्यु डाइमन्डले त्रिभुवन आर्मी र चुलदी युवा क्लबलाई पराजित गरेको थियो।
एभरेस्टको भने यो लगातार दोस्रो हार हो। यसअघि एभरेस्ट आर्मीसँग पराजित भएको थियो। अब एभरेस्टले सान्त्वना जितका लागि चुलीसँग खेल्नेछ। यो समूहबाट आर्मी यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।
न्यु डाइमन्डलाई पहिलो सेटमा एभरेस्टले कडा चुनौती दिएको थियो। तर, उक्त सेट २५–२१ ले हार्न पुग्य। अन्य सेटमा भने न्यु डाइमन्ड हाबी रह्यो।
न्यु डाइमन्डले त्यसपछिका दुई सेट २५–१५ र २५–१४ ले जित्यो।






-1767098144368.jpg&w=3840&q=75)
-1767081985409.jpeg&w=3840&q=75)




