आर्मी र खिल्जीको भेट पक्का !
-1767081985409.jpeg&w=3840&q=75)
काठमाडौं। खिल्जी युवा क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। योसँगै खिल्जीले समूह ‘डी’को विजेतासँग खेल्ने पक्का भएको हो।
पहिलो खेलमा खिल्जीले विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको थियो। दुवै खेलमा हार बेहोरेको ढोरपाटन भने प्रतियोगिताबाट बाहिरिएको छ।
आर्मी भने कोशी र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई पाखा लगाउँदै समूह ‘डी’ को विजेता बन्न सफल भएको हो।
खिल्जीलर् पहिलो सेट २५–१५, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै ३–० को सानदार जित निकालेको हो।
खेलभरि खिल्जी युवा क्लबले आक्रामक खेल प्रस्तुत गर्दै सर्भिस, ब्लक र आक्रमणमा उत्कृष्ट प्रदर्शन देखायो। ढोरपाटन क्लबले तेस्रो सेटमा कडा प्रतिस्पर्धा गरे पनि खेल उल्ट्याउन सकेन।













