हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

काठमाडाैै । नेपाल क्रिकेटमा एउटा कुरा सत्य छ, पेस बलर जन्मिन कठिन छ। तर, जन्मिएपछि रोक्न झनै गाह्रो छ। अहिले त्यही यात्राको रोमाञ्चक सुरुआत गरिरहेका छन्, हिक्मत महरा। नयाँ पुस्ताका यी २२ वर्षीय बलरले एउटा मौका पाए। त्यही मौकालाई उनले अहिले करिअरकै एक मोड बनाइदिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा बिहीबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले आफ्नो डेब्यु खेलमै इङ्ल्यान्डका सैफ जैबको विकेट लिएका हुन्। ८ बल खेलेका उनले १ चौकासहित ६ रन मात्रै बनाएका थिए। तर, हिकमतले उनलाई विकेटकिपर आरिफ शेखबाट क्याच आउट बनाए।
२ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए। त्यतिमात्र होइन, अमर रौटेलालाई पुनित महरासँग मिलेर रन आउटसम्म बनाए। ‘उसमा स्पिड र एकुरेसी दुवै छ। ठूलो खेलमै अवसर दिऔं भनेर दिएको हो। उसले त्यो अवसर पूर्ण रूपमा सदुपयोग ग¥यो,’ सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्।
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंकले ‘बिड द स्पिड’ सिजन २ नेपालका २४ वटा सहरमा आयोजना गरेको थियो। ती सहरका उत्कृष्ट १० बलरलाई काठमाडौं बोलाइएको थियो। हिक्मतले १३० किलोमिटर प्रतिघण्टामा बल फ्याँकेर काठमाडौंको यात्रा तय गरे।
काठमाडौं आएपछि उनले १३१ किलोमिटर प्रतिघण्टामा बल फ्याँकेर अन्य प्रतिस्पर्धीलाई जितेका हुन्। त्यसपछि उनले वल्र्ड लिंककै सहयोगमा भारतीय क्रिकेट एकेडेमीमा ३ महिना प्रशिक्षण गर्ने मौकासम्म पाए। जस्ट क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्न उनीसँगै ‘प्रोमिसिङ ट्यालेन्ट’मा किरण चन्द पनि गएका थिए।
उक्त एकेडेमीमा उनको खेल करिअरलले अर्को मोड फे¥यो। लाइन र लेन्थमा उनले उल्लेखनीय सुधार गरे। त्यसपछि नेसनल क्रिकेट एकेडेमी (एनसीए) बैंग्लोरमा गएर रोहित शर्मा, ऋषभ पन्त, केएल राहुलजस्तो विश्वकप विजेता खेलाडीविरुद्ध बलिङ गर्ने मौका पनि पाए। त्यहाँबाट पर्याप्त ‘एक्सपोजर’ लिइरहेकै बेला सुदूरपश्चिमको एनपीएलको दोस्रो संस्करणका लागि ट्रायल खुला गर्न लागेको थियो। त्यही बेला वल्र्ड लिंकले नै समन्वय गरेर उनलाई काठमाडौं फिर्ता बोलाएको हो। काठमाडौं आएपछि वल्र्ड लिंकले उनलाई फ्लाइटबाट धनगढी ‘ट्रायल’का लागि पठाइदियो।
गत कात्तिकमा धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी भएका थिए। टमाटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको थियो। त्यसयता हिक्मत एकदमै अलग पहिचान लिएर उभिए, ‘आइकोनिक खेलाडी’।
त्यसयता उनले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित विकेटकिपर आरिफ शेख र बिनोद भण्डरीजस्ता एकै ड्रेसिङ रुम सेयर गर्ने मौका पाए। तर, हिक्मतलाई मैदान उत्रिन भने ५ खेलसम्म कुर्नुप¥यो। नेपाली उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका हेमन्त धामी पनि टोलीमा रहँदा उनी अधिकांश समय बेन्चमा रहे। टोलीले ५ मा ५ खेल जित्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेपछि भने ह्किमतले पनि मौका पाएका हुन्।
हुन त हेमन्तले नराम्रो प्रदर्शन गरेका होइनन्। टी–२० आईमा ७५ विकेट लिइसकेका अविनाश बोहरासँगको जुगलबन्दी राम्रोसँग चलिरहेको थियो। उनले ५ इनिङ्समा १४ ओभर बलिङ गर्दै ६ विकेट लिएका थिए। तर, ठूलै खेलमा मौका दिने रणनीति अनुसार नै हेमन्तलाई बेन्चमा राखेर हिक्मतलाई अगाडि सारिएको टमाटा बताउँछन्।
‘हेमन्त पनि नराम्रो बलर होइन। उसले राम्रो प्रदर्शन गरिरहेको थियो। तर, हिक्मत उनीभन्दा सिनियर खेलाडी हुन्, नेपाली क्रिकेटको एक भविष्य पनि। यत्रो ठूलो क्राउडमा आएर बल फ्याँक्न सजिलो हुँदैन। तर, उसले सहज बनायो र एक विकेट लियो पनि,’ प्रशिक्षक टमाटा खुसी हुँदै भन्छन्।
अब सुदूरपश्चिमले क्वालिफायर १ खेल्नेछ। जिते लगातार दोस्रोपल्ट फाइनल खेल्नेछ। हारे फाइनलमा पुग्न अर्काे मौका पाउने छ। यी खेलमा पनि हिक्मतले मौका पाउँछन् या पाउँदैनन् त्यो हेर्न भने अझै बाँकी छ।













-1765118145135.jpg&w=3840&q=75)


