विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले २६ स्वर्ण जितेको छ ।
नोभेम्बर २८ देखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले ऐतिहासिक प्रर्दशन गर्दै २६ स्वर्ण जितेको हो ।
प्रतियोगितामा नेपालले २६ स्वर्ण, १० रजत र ५ कास्य सहित कुल ४१ पदक प्राप्त गर्दै सहभागी देशमा सबैभन्दा बढी पदक जितेको छ ।
प्रतियोगितामा विश्वभरका १२ देशबाट २ सय बढी खेलाडी सहभागी थिए ।
प्रतियोगितामा जितेन्द्र कुमार साह, रमेश श्रेष्ठ, अर्चना मानन्धर, लक्ष्मी महर्जन, समान मधिकर्मी, लक्ष्मी महर्जन, कल्पना खत्री, रुवी श्रेष्ठ, निमेष चुकान, पुनम चौधरी, प्रमिला विष्ट, सुकदेव कार्की, भेषकुमारी आस्लामी, आकृत बानियाँ, बिकेश श्रेष्ठ, ज्ञानरत्न शाही, सौगत कर्माचार्य, ओजश चरण जोशी, सुजीत अवाले, सर्मिला शाह, देवकी खड्का, सबिता श्रेष्ठ र मनोज श्रेष्ठ स्वर्ण पदक जितेका थिए ।
यस वर्षको च्याम्पियनसिपमा सुकदेव कार्कीले पुरुषतर्फको वेस्ट लिफ्टरको उपाधि हात पारे । उनले २ सय ४० केजी स्क्वाट, १ सय ३८ केजी बेच प्रेस, २ सय ६५ केजी डेडलिफ्ट गर्दै कुल ६ सय ४२ केजीको अविश्वसनीय प्रर्दशन गरे ।
यसैगरी महिलातर्फ शर्मिला शाहले वेस्ट लिफ्टरको अवार्ड हात पारिन् । उनले १ सय ९० केजी स्क्वाट, ८९ केजी बेच प्रेस, १ सय ८३ केजी डेडलिफ्ट गर्दै कुल ४ सय ६२ केजीको उत्कृष्ट प्रर्दशन गरिन् ।
महिलामै जुनियर वेस्ट लिफ्टरको उपाधि कल्पना खत्रीले हात पारिन् । नेपालले पुरुषको उत्कृष्ट टिम र महिलाको उत्कृष्ट टिमको गरी थप दुई उपाधि समेत हात पारेको छ ।
कोलम्बोमा सम्पन्न प्रतियोगिताले नेपाललाई पावरलिफ्टिङ च्याम्पियनसिप उत्पादन गर्ने राष्ट्रको रुपमा विश्व खेल जगतलाई महत्वपुर्ण सन्देश दिएको सहभागी सुकदेव कार्कीले बताएका छन् ।






-1764668485959.png&w=3840&q=75)




-1764662383271.webp&w=3840&q=75)
