न्यु होराइजन र नवीन फाइनलमा भिड्ने

बुटवल। रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा छात्रतर्फको फाइनल समीकरण पूरा भएको छ। न्यु होराइजन र नवीन माध्यमिक विद्यालय फाइनलमा भिड्ने भएका छन्।
पहिलो सेमिफाइनलमा न्यु होराइजनले स्कोलर्स होमलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो। टिमका लागि ३४औं मिनेटमा अर्पित सुर्यवंशीले विजयी गोल गर्दै टोलीलाई अग्रता दिलाए। उत्कृष्ट प्रदर्शन गरेका उनी ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो सेमिफाइनलमा नवीनले ग्रिन प्लान्ट बोर्डिङलाई ३–० ले पराजित गर्दै उपाधि द्वार खोल्यो। नवीनका निशान्त चौधरीले २३औं, ३०औं र ४५औं मिनेटमा ह्याट्रिक गोल पूरा गर्दै टोलीलाई फाइनलसम्म पुर्याए। उनी पनि ‘म्यान अफ द म्याच’ बने।
यता, छात्रातर्फ समूह विजेता सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल र कुन्वरवर्ती स्कूलले फाइनलमा ठाउँ सुरक्षित गरेका छन्।
दुवैतर्फका उपाधि भिडन्त खेलहरू आइतबार एन्फा टेक्निकल सेन्टर, देवीनगरमा हुनेछन्।








-1763569877271.jpg&w=3840&q=75)


-1763904378702.png&w=3840&q=75)



