साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने
-1763450218248.jpg&w=3840&q=75)
काठमाडौं। साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघले मंगलबार पुरुष र महिलातर्फ सहभागी सात–सात राष्ट्रको स्थान निर्धारण गरिएको हो।
पुरुषतर्फ नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, भारत र श्रीलंकाले सहभागिता जनाउने छन्। महिलातर्फ बंगलादेश र नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र भारत रहेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुने तय भएको प्रतियोगिताका लागि विक्रम महर्जन र अनिलबहादुर गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।
विक्रमलाई महिला र अनिललाई पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्। महिला टोलीको सहायक प्रशिक्षकमा नरेश श्रेष्ठ नियुक्त भएका छन्। त्यस्तै, पुरुष टोलीको सहायक प्रशिक्षकमा सरोजकुमार थापा क्षेत्री नियुक्त भएका छन्।







-1759666509639.jpg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)





