अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

काठमाडौं। द ओसन क्लबको आयोजनामा सुरु भएको अन्तरविद्यालय लिग २०८२ को पहिलो दिन छात्र तथा छात्रा दुवैतर्फ गरी चार खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा सरस्वती माध्यमिक विद्यालय आहालेले रत्नलक्ष्मी माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गर्यो। त्यस्तै, दोस्रो खेलमा नवज्योति माध्यमिक विद्यालय डण्डीडाँडाले महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजारमाथि २–० को जित हात पार्यो।
छात्रातर्फ पहिलो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदनले रत्नलक्ष्मी माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्यो। त्यस्तै, दोस्रो खेलमा महालक्ष्मी माध्यमिक विद्यालयले सरस्वती माध्यमिक विद्यालय आहालेलाई १–० ले हरायो।
गोरखा नगरपालिकाको विशेष सहयोगमा सञ्चालित यो प्रतियोगिता मेयर युवा फुटबल विकास परियोजनाअन्तर्गत आयोजना गरिएको हो। छात्रतर्फ यु–१३ उमेर समूह तथा छात्रातर्फ कक्षा १० सम्मका खेलाडीहरू सहभागी छन्।
प्रतियोगितामा यु–१३ तर्फ ८ विद्यालय र छात्रा तर्फ ५ विद्यालयको सहभागिता रहेको छ। खेलहरू प्रत्येक हप्ताको शनिबार सञ्चालन गरिने तय गरिएको आयोजकले जनाएको छ।
यु–१३ तर्फको विजेता टोलीले ११औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1774092907794.webp&w=3840&q=75)





-1773994957656.jpg&w=3840&q=75)