साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष
आइतबार, असोज १९, २०८२Admin User
-1759666509639.jpg&w=3840&q=75)
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आगामी वर्ष पहिलोपटक पुरुष र महिला दुवैतर्फ साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
साफले आइतबार प्रतियोगिता सन् २०२६ जनवरी १३ देखि २६ तारिखसम्म थाइल्यान्डमा हुने जानकारी दिएको हो।
साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार फिफा सदस्य संघका सबै राष्ट्रिय संघहरूले फुटबलसँगै फुटसल र बिच फुटबलमा पनि सक्रिय सहभागिता जनाइरहेका छन्। तर, दक्षिण एसिया यी खेलमा पछाडि छ।
उनी भन्छन्, ‘हामीले हाम्रो क्षेत्रमा फुटसलसम्बन्धी अधिकारीहरूको ठूलो अभाव देखेका छौं। त्यसैले अब फुटसलको विकास सुरु गर्नु हाम्रो लागि अत्यावश्यक छ। कार्यसमितिले यस निर्णयलाई स्वीकृति दिइसकेको छ, र यस ऐतिहासिक पहलका लागि हामी फिफा र एएफसी दुवैको सहयोगका लागि आभारी छौं।’










copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
