नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित
शनिबार, भदौ २८, २०८२Admin User

काठमाडौं। मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा हुने भनिएको काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित गरिएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको शनिबार बसेको भर्चुअल बैठकले नेपालमा हुने भनिएको लिग स्थगित गर्ने निर्णय गरेको हो।
प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो। तर, नेपालमा भएको जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गरिएको काभाले जनाएको छ।
काभाले चाँडै परिस्थिति सामान्य भई नेपालले पुनः अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पाओस् भन्ने आशा व्यक्त गरेको छ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)