पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले
बिहिबार, भदौ २६, २०८२Admin User

काठमाडौं। फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग स्थगित भएपछि पोखरामा अलपत्र परेका खेलाडी घर फर्किन थालेका छन्।
८ सेप्टेम्बरबाट सुरु भएको जेनजी प्रदर्शनपछि लिगका बाँकी सबै खेल स्थगित भएका थिए। उक्त प्रदर्शनमा ३० जनाको मृत्यु भइसकेको छ।
त्यसपछि लागू भएको कर्फ्यूका कारण लिग र विमानस्थल दुवै बन्द भएको थियो। खेल अगाडि बढ्न नसकेपछि खेलाडी पोखरामा अलपत्र परेका थिए। तर, बुधबार साँझबाट मात्रै विमानस्थल खुलेपछि खेलाडी, प्रशिक्षक र पदाधिकारी बिहीबारदेखि घर फर्किन थालेका हुन्।l












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)