बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

लुम्बिनी लाभाजलाई होन्डाको साथ

शुक्रबार, १३ भाद्र २०८२खेलपाटी संवाददाता
लुम्बिनी लाभाजलाई होन्डाको साथ
mustang rice ad

काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रुपमा भित्र्याएको छ ।  

एभरेष्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको प्रतियोगिताका लागि होन्डालाई आफ्नो आधिकारिक ’पावर्ड बाई स्पोन्सर’को रूपमा अनुबन्धन गरेको छ ।

होन्डासंगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा थपिएको क्लबले जनाएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको होन्डा जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले नेपाली महिला भलिबलको विकासमा नयाँ आयाम थपिने विश्वास टिम व्यवस्थापनले लिएको छ ।

होन्डा नेपालसँगको सम्झौतासँगै टिमको जर्सी र सबै मिडिया तथा सामाजिक सञ्जालमा ‘लुम्बिनी लाभाज पावर्ड बाई होन्डा’ उल्लेख गरिनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा स्याकार टे«ेडिङ्गका मार्केटिङ्ग म्यानेजर निजेनलाल श्रेष्ठले नेपाली खेलकुद र महिला खेलाडीहरूको सशक्तीकरणमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै लिगमा लुम्बिनी लाभाजको सफलताको कामना गरेका छन् ।

पद्य ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ्गले बिक्रि बितरण गर्दै आई रहेको होन्डाको स्कुटर र बाईकहरु नेपाली युवा वर्गमा निकै लोकप्रिय छन् । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजन रहेको लुम्बिनी लाभाजले यस सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

होन्डा नेपालको साथले टोलीको मनोबल अझ बढेको र यसले दर्शकहरूमाझ उच्चस्तरीय खेल प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी लाभाजले लिएको छ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।


 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

Bajaj Pulsar Motorcycle Ad
दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो