अन्तर क्याम्पस स्तरीय राष्ट्रिय भलिबल भदौ अन्तिमबाट

काठमाडौं। अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ।
प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने आयोजक स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ पाउने छ। त्यस्तै उपविजेताले दुई लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछ। विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई छनोट गरि पुरस्कार प्रदान गरिने स्वतन्त्र विद्यार्थी युनियन आर.आर क्याम्पसका सभापति लोकेश खड्काले जानकारी दिए।
प्रतियोगितामा देशभरिका १५ भन्दा धेरै क्याम्पसले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ। प्रतियोगिताको टिम दर्ता मिति भदौ २० गतेसम्म छ। प्रतियोगितामा १२ भन्दा धेरै टिम भएको खण्डमा नकआउट र बेस्ट अफ फाइभ खेलाइनेछ भने १२ भन्दा कम टिम भएको अवस्थामा बेस्ट अफ थ्री र लिग खेलाइने आयोजकले जनाएको छ।