आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल सेमिफाइनलमा
आइतबार, १८ श्रावण २०८२खेलपाटी संवाददाता

तस्विरः बिकास चाम्लिङ राई
धरान। चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल स्कुल, प्याराडाइज स्कुल तरहरा, सुनाखरी स्कुल धरान र कार्मेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।
शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९ ले पराजित गर्यो। प्याराडाइज स्कुलले पूर्वाञ्चल स्कुल तरहरामाथि ३३–१७ को जित निकाल्यो।
सुनाखरी स्कुलले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ ले हरायो भने कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ को संघर्षपूर्ण खेलमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
खेलको प्रदर्शनका आधारमा आइडलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरीका विक्रम श्रेष्ठ र कार्मेलका प्रीत्युस भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)


-1774092907794.webp&w=3840&q=75)





-1773994957656.jpg&w=3840&q=75)