नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
शनिबार, असार ७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतको सिलिगुडीमा आयोजना हुने अल्टिमेट काता कुमुते च्यालेन्ज प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली प्रस्थान गरेको छ।
भारतको द डेन मार्शल आर्टको अग्रणी एकेडेमीको आयोजनामा यो प्रतियोगिता आइतबार हुनेछ।
पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला एकल कातामा सानुमाया थिङ र पुरुष ६० केजी तौल समूहमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ र राजीव पुडासैनीले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्।
टोलीको प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ र कुशल श्रेष्ठ रहनेछन्। रेफ्रीको भूमिकामा तारा गुरुङ र टिम म्यानेजरकामा फुर्पा लामा सहभागी हुनेछन्।
प्रतियोगितामा भारतका विभिन्न राज्यका खेलाडीहरू सहभागी हुँदैछन्।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)