शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. प्रचण्ड कप भलिबल पोखरामा

प्रचण्ड कप भलिबल पोखरामा

२०२५ जुन ४, बुधबारखेलपाटी संवाददाता

प्रचण्ड कप भलिबल पोखरामा

कास्की। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ गतेदेखि सञ्चालन हुने भएको छ। आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। 

राष्ट्रियस्तरका शीर्ष ६ महिला टिमलाई समावेश गरेर आयोजना गर्न लागिएको प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ। आयोजकका अनुसार प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपिएफ र आर्मी तथा गण्डकी प्रदेश, एभरेस्ट एकेडेमी र न्युडायमण्ड एकेडेमीले सहभागिता जनाउनेछन्।  

राउन्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ र प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात र बसोबासको व्यवस्था आयोजकले गर्ने बताएको छ।

पत्रकार सम्मेलनमा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ज्वालाले नेपालको लोकप्रिय खेलको रूपमा रहेको भलिबलको विकासमा इँटा थप्ने प्रयास स्वरूप प्रतियोगिताको सुरुवात गरिएको बताए। कोइरालाका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ। 

आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको घोषणा गर्न उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सो घोषणाको सम्मानमा भलिबल कार्यक्रमलाई अघि सारिएको बताए। ‘तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय घोषणा गरेको अवसर भलिबलको राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेका छौं,’ कोइरालाले भने, ‘गणतन्त्र, प्रचण्ड र भलिबल बीचको संयोजनको रूपमा कार्यक्रमलाई अघि सारेका छौं।’ 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्धय अञ्जन धमला र सम्राट कुसारी तथा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ सहितको उपस्थिति रहेको थियो।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’