विश्व वरियतामा एरिकाको २३ स्थान सुधार

काठमाडौं। नेपाली खेलाडी एरिका गुरुङले विश्व कराते महासंघको वरियतामा २३ स्थान सुधार गरेकी छन्।
महासंघले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा एरिका महिला कुमिते ६८ केजीमाथिमा उनी २७औं स्थानमा आइपुगेकी हुन्। यसअघि उनी ५०औं स्थानमा थिइन्।
महासंघले आयोजना गर्ने कराते वान प्रिमियर लिगमा २१ वर्षीय एरिकाले कांस्य पदक जितेर इतिहास रचेकी थिइन्।
मोरोक्कोको रावतमा भएको लिगमा उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन्। योसँगै उनी विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।
उनले टर्की र इटलीका खेलाडीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेकी थिइन्। तर, फाइनल प्रवेशका लागि भएको खेलमा उनले स्पानिस खेलाडी मारिया टोरेस गार्सियासँग ५–५ को टाई खेलिइन्। यद्यपि, उनी सेन्सुका आधारमा पराजित हुन पुगेकी थिइन्।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)