बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षकबिनै इतिहास रचेकी एरिका

मंगलबार, २० जेठ २०८२खेलपाटी संवाददाता
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
Loading ad...
mustang rice ad

काठमाडौं। ‘हामी जन्मेकै च्याम्पियन बन्न हो। त्यसैले डराएर हैन, खेलेरै देखाउँछु।’  

मोरोक्को राबातको कराते रिङमा उत्रिँदा एरिका गुरुङले आत्मविश्वासले भरिएका यिनै शब्दहरू बोकेकी थिइन्। उनले यी शब्दलाई आइतबार वास्तविकतामा उतार्दै इतिहास रचिन्।

कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथिको तौल समूहमा फ्रान्सकी क्लेमेन्स पिएलाई ६–२ ले हराउँदै कांस्य जित्दा उनी मात्र पदक विजेता हैन, नेपाली करातेका लागि एउटा प्रतीक बनिन्।

‘यो बिग मुभमेन्ट हो, तर म यसलाई बिगिनिङको रूपमा हेर्छु,’ ऐतिहासिक जितपछि हतारिएको सासजस्तै धकधकी रहेको भावुक स्वरमा एरिका भन्छिन्।

एरिका मोरोक्को पुग्दा एक रिसेप्सन डेस्कमा पहिलो पटक आयोजकको मुखबाट नेपाल शब्द सुनिन्। ‘त्यो मेरो लागि अविस्मरणीय थियो,’ उनी भन्छिन्, ‘र, त्यसपछि त्यही मान्छेले जब मेडल सेरेमनीमा मलाई देखेर नेपाल पहिलो पटक आएको हो र पदक पनि जित्यो भन्यो त्यो गर्वको क्षण थियो।’

यस पटकको पदक उनको व्यक्तिगत जित मात्रै थिएन। यो नेपालले पहिलो पटक विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्न पाउने प्रतिष्ठित लिगमा पाइला टेकेको प्रमाण थियो। टर्की र इटलीका खेलाडीलाई हराउँदै एरिका सेमिफाइनलसम्म पुगेकी थिइन्। तर, स्पेनकी विश्व च्याम्पियन मारिया टोरेस गार्सियासँगको भिडन्तमा ५–५ को बराबरी भए पनि ‘सेन्सु’का आधारमा उनी पछि परिन्।

प्रशिक्षकबिना खेल्नु सामान्यतया कमजोरी मानिन्छ। तर, एरिकाको अनुभव फरक थियो। ‘मैले गुरु नभएको म्याचमा पनि कमजोर महसुस गरिनँ, उनी भन्छिन्, ‘मैले हरेक खेलपछि गुरुलाई फोन गर्थें। गल्तीहरूमा छलफल गर्थें। अनि अर्को म्याचमा त्यो सुधार गर्थें।’ उनले वर्ल्ड च्याम्पियनसँगको प्रतिस्पर्धालाई ‘अनरशिप’ मानेकी छिन्।

‘टेक्निकल वाइज उनी मभन्दा उनी अगाडि थिइन् होला। तर, अनुभवले मलाई अझ बलियो बनायो। म अब अर्कोपल्टका लागि तयार छु,’ उनी फुरुङ छिन्।

एरिकाको आत्मविश्वास बोल्छ– नेपाली पनि त्यही स्तरका खेलाडी हुन्। अन्य देशको तुलनामा प्रशिक्षण र खेल पनि अब्बल छ।  फरक के छ भने नेपालीमा अझै धैर्यपूर्वक खेल्ने बानी छैन। उनले पनि त्यो महसुस गरेकी छन्। 

उनले बारम्बार गुरु कुशल श्रेष्ठलाई स्मरण गर्छिन्। रावतमा एरिकाले खेलिरहँदा कुशल उत्सुकताका साथ अनलाइनमा हेरिरहेका थिए। कुशल तीनै गुरुङ हुन्, जसले १९औं एसियाली खेलकुदमा पनि एरिकालाई ऐतिहासिक पदक दिलाउन तयार पारेका थिए।

यसपल्टको सफलतामा पनि कुशलकै ठूलो हात रहेको एरिका मान्छिन्। ‘यो लिगमा पुर्‍याउन गुरु कति रात सुत्नु भएन होला। तर, मैले अझै धन्यवाद भनेकी छैन। अझ राम्रो दिन आउँदैछन्। त्यो दिन धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’