हिमेशको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक
आइतबार, जेठ १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। खेल पत्रकार हिमेशरत्न वज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतबार सार्वजनिक भएको छ।
नेपाली फुटबलको इतिहास समेटिएको सो पुस्तक नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले विमोचन गरेका हुन्।
शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टोलीका महत्त्वपूर्ण सदस्य हुन्।
नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुईपल्ट स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ।
नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्त्वपूर्ण उपाधि हुन्।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







