काठमाडौंसँग मधेश हार्यो
शनिबार, २० भाद्र २०८३खेलपाटी संवाददाता
-1788614677708.jpeg&w=3840&q=75)
काठमाडौं। काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित गर्यो। आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो।
दुई खेलमा मधेशको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो। काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए।







-1788270833407.jpeg&w=3840&q=75)






-1788574492302.webp&w=3840&q=75)
