सगरमाथाको लगातार दोस्रो जित
शनिबार, २० भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
सगरमाथाले २५–१८‚ २५–१८ र २५–१९ को जित हात पार्यो।
सगरमाथाको यो लगातार दोस्रो जित हो। यसअघि टोलीले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो। जितसँगै सगरमाथाले ६ अंक पुर्याएको छ। खप्तडको भने यो पहिलो खेल हो।





-1788614677708.jpeg&w=3840&q=75)








