दमकमा सबै खेल गर्न मिल्ने आधुनिक रंगशाला बनाइने
बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। सरकारले झापाको दमकमा सबै किसिमका खेलकुद आयोजना गर्न मिल्ने आधुनिक रंगशाला बनाउने भएको छ।
अहिले सबै किसिमका खेलकुद गराउन मिल्ने रंगशालाको अभाव रहेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।
‘झापाको दमकमा सबै किसिमको खेलकुद प्रतियोगिता गर्न मिल्नेगरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने छ,’ उनले भने।
अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राष्ट्रिय खेलकुद परिषद्मा रहेको कभर्डहलले प्राय: सबै प्रतियोगिता धानिरहेको छ। सरकारले घोषणा गरेको कार्य समयमै पूरा भए काठमाडौंमा रहेको खेलकुदको भार केही कम हुनेछ।







%20(2)-1765947464452.png&w=3840&q=75)




-1766541370309.webp&w=3840&q=75)


