एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
शुक्रबार, २६ बैशाख २०८२खेलपाटी संवाददाता
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग पुसमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
एन्फाका अनुसार प्रतियोगिता काठमाडौंमा आयोजना हुनेछ। लगकम नकआउट चल्ने प्रतियोगितामा सहभागिता जनाउन टिम आफैंले दर्ता गर्न पाउनेछ।
















