सोझो सेटमा पुलिस विजयी
बिहिबार, बैशाख १८, २०८२खेलपाटी संवाददाता
पोखरा। नेपाल पुलिस क्लबले प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिसले भारतीय टोलीमाथि २५—२३ ले जित हासिल गर्यो। दोस्रो सेट र तेस्रो सेट भने पुलिसले सहज जित निकाल्यो। पुलिसले दोस्रो सेट २५—१६ र तेस्रो सेट २५—२० ले जित निकाल्न सफल रह्यो।
यसअघि समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गरेको थियो।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
