एपिएफ र आर्मी सेमिफाइनलमा
-1745499390.jpeg&w=3840&q=75)
काठमाडौं। डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको दुवै सेमिफाइनल शुक्रबार हुनेछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–१९, २५–१५ र २५–१० को सोझो सेटमा पराजित गर्यो। एपिएफकी पूजा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
समूह ‘ए’ कै अर्को लिगमा आर्मीले एभरेस्टलाई नै सिधा सेटमा २५–१६, २५–१८ र २५–१७ ले हरायो। आर्मीकी सोफिया पुन ‘प्लेयर अफ द म्याच’ बनिन्। तीन टोली रहेको यो समूहमा लगातार दोस्रो हारसँगै एभरेस्ट प्रतियोगिताबाट बाहिरिएको छ।
एपिएफ लगातार दोस्रो जितसँगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको ह। एक खेल जितेको आर्मी समूह उपविजेताका हैसियतले सेमिफाइनल पुग्न सफल भयो।
सेमिफाइनलमा आर्मीको भेट प्रहरीसँग हुनेछ भने अर्को सेमिफाइनलमा एपिएफले न्यु डायमन्डविरुद्ध खेल्नेछ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
