काठमाडौं । तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषकापट्नम प्रस्थान गर्ने भएको छ ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् ।
टोली नेतामा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अंकध्वज परियार रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फ्रेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ ।
धादिङमा मगर
माधवसिंह गिदेल मगरको अध्यक्षतामा १० सदस्यीय धादिङ जिल्ला खेलाडी तथा प्रशिक्षक संघ गठन गरिएको केन्द्रीय अध्यक्ष महेश महर्जनले बुधबार जनाएका छन् ।
उपाध्यक्षमा रमेश श्रेष्ठ र रमेश कोइराला, सचिवमा संजोग चौधरी तथा कोषाध्यक्षमा रेगन श्रेष्ठ रहेका छन् । सदस्यमा गौतम श्रेष्ठ, विकास तामाङ, अनु तामाङ, कमल वाइबा र बलराम राना मगर छन् ।