एभरेस्ट छाडेर एपिएफ लागिन् अनुशा
बिहिबार, फागुन १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सेटर अनुशा चौधरीले एभरेस्ट भलिबल क्लब छाडेकी छन्।
उनलाई क्लबका प्रशिक्षक अर्जुन घिमिरे र खेलाडीहरूले बिहीबार बिदाइ गरेका हुन्। क्लबका प्रशिक्षक घिमिरेका अनुसार अनुशाले विभागीय टोली एपिएफबाट भलिबल खेल्ने छिन्।
‘हामीबाट सिकेको ज्ञान र शिक्षालाई सदुपयोग गरि उज्जवल भविष्य निर्माण होस्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज सबै एभरेस्ट भलिबल परिवारलाई भाबुक बनाइ बिदा भएकी छौं नयाँ यात्राको शुभकामना।’
उनी एभरेस्ट भलिबल क्लबै उत्पादन हुन्। उनले गत असार ३१ देखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा भएको काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेलेकी थिइन्।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

