युथ लिग खेल्न एरिका दुबई प्रस्थान
मंगलबार, ०६ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडाैं। एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार दुबई प्रस्थान गरेकी छन्। एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा खेल्ने छिन्।
एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे।
प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन्। फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ।









-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)


-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)