मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन सभात च्याम्पियनसिपमा नेपाललाई चार स्वर्णसहित २२ पदक 

शनिबार, ०३ फाल्गुण २०८१खेलपाटी संवाददाता
एसियन सभात च्याम्पियनसिपमा नेपाललाई चार स्वर्णसहित २२ पदक 
Loading ad...
mustang rice ad

काठमाडौं। छैटौं एसियन सभात प्रतियोगितामा नेपालले चार स्वर्ण, चार रजत र १४ कांस्य गरी कुल २२ पदक जितेको छ। 

भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा सम्पन्न प्रतियोगितामा एसियाली राष्ट्रहरू नेपाल, इरान, उज्बेकिस्तान, चाइनिज ताइपेई, बंगलादेश, भारतलगायत देशका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए। 

उक्त प्रतियोगितामा लाइट कनट्याक्ट महिलातर्फ १२ वर्षमुनि–३३ केजीमा नेपालकी आयुशा मगरले रजत पदक जितिन्।उनले क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिइन्।

तर, फाइनलमा भारतकै तनुजासँग पराजित भइन्। –४३ केजीमा नेपालकी हिमान्शी दुलाल क्वार्टरफाइनलमा भारतकी करुणा कुमारी र सेमिफाइनलमा उज्बेकिस्तानकी सोलिहा र फाइनल खेलमा नेपालकी अनिशा भण्डारीलाई पराजित गरी स्वर्ण पदक जितिन्। सोही तौल समूहमा अनिशाले रजत जितिन्। 

उनले बांगलादेश र भारतकी खेलाडीलाई पराजित गरेकी हुन्। सिनियर–५२ केजीमा आरती सिखवालले सेमीमा र फाइनलमा भारतकै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जितिन्।  

सोही समूहको कम्ब्याटमा भने सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडीसँग पराजित भई कांस्य पदकमा चित्त बुझाइन्। –५६केजीमा सुष्मा घ्याबाले कांस्य प्राप्त गरिन्। उनी लाइट कनट्याक्टमा सेमिफाइनलमा भारतकी खेलाडीसँग पराजित भइन्। 

पुरुष १२ वर्षमुनि –३२ केजीमा वसन्त तामाङले कांस्य जिते। क्वार्टरफाइनलमा उज्बेकिस्तानको नूरालिवलाई पराजित गरेका उनी सेमिफाइनलमा सोही राष्ट्रकै खेलाडीसँग पराजित भए। –४० केजीमा सुभम खत्रीले कांस्य जिते। उनले क्वार्टरफाइनलमा भारतका शेख माहिरलाई पराजित गरे भने सेमिफाइनलमा भारतकै खेलाडीसँग पराजित भए।

सोही तौल समूहमा नेपालकै विश्वास भट्टराईले  क्वार्टरमा भारतका हर्षलाई पराजित गरी सेमीमा नेपालकै सुन्दर पाँडेसँग पराजित भएका थिए। 

तर, सुन्दर सोही समूहमा भारतलाई फाइनलमा पछि पारी स्वर्ण पदक जित्न सफल भए।–५६ केजीमा प्रशान्त बूढामगरले क्वार्टरमा भारतका उत्कर्ष कालोखेलाई हराएका थिए तर सेमिमा उज्बेकिस्तानका सगीदुल्लाभसँग पराजित भई कांस्यमा चित्त बुझाए।

–६० केजीमा विनय थापाले (रजत) क्वार्टर र सेमिमा भारतका रेहन र करण दीपलाई पराजित गरे। तर, उनी भारत कै सूर्योदयसँग पराजित भए। 

१७ वर्षमुनि–५२ केजीमा जयराम विके (कांस्य) ले सेमिफाइनलमा उज्बेकिस्तानका सोबिरोवसँग पराजित भए। –८५ केजीमा बसील त्वयनाले सेमिफाइनल र फाइनलमा भारत कै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जिते। 

कम्ब्याट–६० केजीमा प्रभु राम खत्रीले रजत, –५६ केजीमा सुरज कार्कीले कांस्य, –६० केजीमा मनील श्रेष्ठले कांस्य, –७० केजीमा आस्तिक नकर्मीले कांस्य, कम्ब्याट तर्फ–६५केजीमा शान्तकुमार राना मगर, कांस्य र सिनियर–७५ केजीमा सस्मन बस्नेतले कांस्य जिते।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

विश्व फुटबलमा स्पेनको वर्चस्व

विश्व फुटबलमा स्पेनको वर्चस्व