तेजुका कपमा नेपालबाट दुई खेलाडीले चुनौती प्रस्तुत गर्ने
मंगलबार, माघ २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन्।
नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सोबारे जानकारी गरायो। संघका अध्यक्ष दमन बस्नेतले फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिताको कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने जानकारी दिए।
प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ। नेपालको खेल फुकुवोकामा हुनेछ। अफिसियलमा अध्यक्ष बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन्।
अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन्। टोली फेब्रुअरी १९ तारिख जापान जाने छ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


