पोखरा। एपिएफकी सरस्वती चौधरी पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर बनेकी छन्।
पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको थियो। एपिएफलाई फाइनलसम्म पुर्याउन सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
यस्तै, एपिएफकै निरुता ठगुन्ना उत्कृष्ट सर्भर घोषित भइन्। अम्फा सोमसुरात सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर टाइगर ग्रुपका अरुणा शाही, उत्कृष्ट ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, उत्कृष्ट लिबिरो न्यु डायमन्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए ।
पूपहल गहतराज र अम्फा सोमसुरात पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।