एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

पोखरा। सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ।
पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलियो।
पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो। आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो। उपाधि जितेको टाइगर ग्रुपले पाँच लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो। फाइनलमा पराजित भएको एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।









-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

