लायन्स गभर्नस कपमा ३२ टिम
२०२५ जनवरी २८, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। हाम्रो गोल बाल क्यान्सरविरुद्धको गोल अभियानअन्तर्गत लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ जी को तत्त्वावधानमा मल्टी डिस्ट्रिकका ३२ टिम सहभागी लायन्स गभर्नस कप शनिबारबाट कपनस्थित कुपन स्पोर्ट्स सेन्टरमा आयोजना हुने भएको छ।
तीन दिनसम्म चल्ने प्रतियोगिता नकआउट आधारमा सञ्चालन हुनेछ। प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः ५० तथा २५ हजार प्राप्त गर्नेछन्।
क्यान्सर प्रभावित बालकहरूको च्यारिटिका लागि आयोजना गरिएको प्रतियोगिता आगामी वर्षहरूमा निरन्तर चल्ने योजनासहित प्रतियोगिताको आयोजना गरिएको संयोजक बद्री भट्टराईले बताएका छन्।