काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्णसहित सात पदक जितेको छ।
भारतको केरला राज्यमा सोमबार र मंगलबार भएको प्रतियोगितामा यस नेपालबाट नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशबाट सहभागी पाँच खेलाडीले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्न सफल भएका हुन्।
कुमितेमा आविष्कार श्रेष्ठले स्वर्ण र कातामा कास्य पदक जिते। एरोन शेरचनले कुमितेमा स्वर्ण, आइलेसजंघ थापाले कुमितेमा रजत र कातामा कास्य पदक हात पारे। सान्वी राज्यलक्ष्मी चन्दले कुमितेमा रजत पदक र वेद जैसवालले कास्य पदक हासिल गर्न सफल भए। उक्त प्रतियोगितामा वरिष्ठ प्रशिक्षक कमरुदिन अलीले रेफ्रिको र डा दिपेन्द्र चन्द्रले टिम मेनेजरको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, कुवेत र कतार गरी पाँच देशका खेलाडी सहभागी भएका थिए ।