उपत्यकाव्यापी कराते प्रतियोगिता फागुनमा
मंगलबार, माघ ८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नवौं केबिन रोहन स्मृति उपत्यकाव्यापी क्योकुशिन काइकान अलाइड फुलकन्ट्याक्ट कराते फागुन पहिलो साता हुने भएको छ।
प्रतियोगिता आउँदो फागुन ९ र १० गते दक्षिणकाली नगरपालिका वडा १ चाल्नाखेलमा हुन लागेको हो ।
विभिन्न तौल समूहमा विभाजन गरी पुरुष र महिला नेपाली तथा विदेशीगरी जम्मा ३०० खेलाडीहरू सहभागी गराउने लक्ष्य रहेको क्योकुशिन कराते संघ अध्यक्ष विनोद गुरुङले पत्रकार सम्मेलन गरी जानकारी गराए। सो कराते संघले खेलकुदको गतिविधिलाई प्रमुख रूपमा अगाडि बढाई यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


