पोखरा। पोखरामा एमेच्योर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । भिन्तुना युवा क्लब पोखराको आयोजना प्रथम एमेच्योर फुटसल प्रतियोगिता हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
पुस २६ र २७ गते सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ र उपिवजेताले ५५ हजार ५५५ नगद प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिरुद्र उदासले बताए ।
यस्तै, प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलकिपर,सर्वाधिक गोलकर्ता,फेयर प्ले टिमले समान ५ हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको सेमिफाइनल र फाइनलमा म्यान अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने संयोजक उदासले उल्लेख गरे । पोखराको गैह्रापाटनमा रहेको स्पोर्टस क्यासलमा सञ्चालन हुने प्रतियोगितामा दर्ता शुल्क ६ हजार तोकिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ लाग्ने र २५ टिमको सहभागिता हुने संयोजक उदासले खुलाए ।
२०५९ सालमा स्थापित भएको भिन्तुना युवा क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र यस प्रतियोगिताबाट बचत भएको रकम पनि सामाजिक कार्यमा नै खर्चिने क्लबका अध्यक्ष मनोज शिल्पकारले बताए ।
खेलको माध्यमबाट युवाहरुलाई संगठित गरि भाइचाराको विकास गर्नको लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्न लागेको क्लबका स्वास्थ्य एंव आर्थिक संयोजक राजन श्रेष्ठले जानकारी दिए ।