धरान। प्रो– सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेका छन्।
धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो– सञ्जयको टिमले १६७ अंकसहित उपाधि जितेको हो। प्रो– सञ्जयले ४१ तथा एमेच्योरहरू भुवनेश लिम्बुले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाए।
नेपाल नम्बर एक प्रो– भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो। भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर् बहादुर राई र बलबहादुर राईले समान ४०/४० अंक बनाए। प्रो– नीरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो। नीरजले ३८ अंक जोडे। एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९/३९ अंक जोडे।
महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटा उत्कृष्ट खेलाडीको पुरस्कार जितिन। प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु द पिनको अवार्ड जिते।
प्रो–एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कूल ६० खेलाडीले भाग लिएका दिए।