बुधबार, ३१ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोर्स रेकर्डसहित नीरजलाई चार स्ट्रोकको अग्रता

बुधबार, १० पौष २०८१खेलपाटी संवाददाता
कोर्स रेकर्डसहित नीरजलाई चार स्ट्रोकको अग्रता
Loading ad...
mustang rice ad

धरान। सूर्य नेपाल गल्फ  टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८–अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा नीरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन्।

घरेलु प्रो नीरजले २०२२–२३ सिजनमा शुकबहादुर राईले बनाएको ७–अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन। उनले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पारेका छन्।

धरानस्थित ७० पारको धरान गल्फ क्लबमा ४–अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन्। ३–अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे। एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। १–अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्तरुपमा सातौं स्थानमा छन्।

यसैगरी १–ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्।

धारानका प्रो नीरजले बोगी फ्री ८–अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५–पारको १२औ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औं र १८औं होलमा पनि एक–एक सट बचाए। उनले ब्याक नाइन ४–अन्डर ३० मा सकाए।

धनले दोस्रो होलमा बोगी खेले पनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। यसपछि १३औं होलको बोगीविरूद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३० मा पूरा गरे।

तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २–अन्डर ३४ र ब्याक नाइनमा १–अन्डर ३३ खेले। उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे। तेस्रो, सातौ, नवौं, पन्ध्रौं र अठारौं होलमा एक–एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे।
५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशि रहेको छ‌। विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन्।

दोस्रो दिनको समाप्तिमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। एमेच्योर खेलाडीको हकमा पनि सोही कट लागु हुने छ।  तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता रहेको छ। शनिबार प्रो एम इभेन्ट हुनेछ।

यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ। यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए। सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सद्भाव आचार्यले जितेका थिए। यो पटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

डेसच्याम्प्सले भने - फ्रान्स आफ्नो उत्कृष्ट स्तरमा थिएन

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

एसियाली पौडी च्याम्पियनसिपमा नेपालका १६ खेलाडी

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

यामाल भर्सेस एमबाप्पे : आमनेसामने हुँदै ला लिगाका दुई स्टार

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

"फ्रान्स र स्पेनको भिडन्त फाइनल सरह"

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

शतप्रतिशत जित सहित नेपाल समूह विजेता

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

अर्जेन्टिनाको सेटपिसका गुमनाम नायक वाल्टर

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !

२०३० को विश्वकप खेल्ने नेयमारको संकेत !