काठमाडौं। नेपालका प्रिन्स दाहाल र रसिला महर्जनको जोडी नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याटमिन्टन प्रतियोगिताको मिक्स युगलको सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै प्रिन्स र रसिलाको जोडीले कम्तीमा कांस्य पदक पक्का गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार प्रिन्स र रसिलाको जोडीले नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। प्रिन्स र रसिलाको जोडीले खेल २१–११ र २१–१२ ले आफ्नो पक्षमा पारेको हो।
यो जोडीले फाइनल प्रवेश गर्न थाइ जोडी नोनताकोर्न थोङ अन र कोडचापोर्न चाइचनाको जोडीको सामना गर्नेछ।