सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा

मंगलबार, ०९ पौष २०८१खेलपाटी संवाददाता
क्षितिज र शोभाको जोडी क्वाटरफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । क्षितिज खनाल र शोभा गौचनको जोडी नेपाल ईन्टरनेशनल च्यालेन्ज २०२४ मिक्स युगलको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
योसँगै नेपालको खातामा कम्तिमा एक कास्य पक्का भएको छ । 

क्वाटरफाइनलमा खनाल र गौचनको जोडीको भेट ओलम्पियन प्रिन्स दाहाल र रसिला महर्जनको जोडीसंग हुने भएको छ । थाईल्याण्डले खेलबाट आफ्नो नाम फिर्ता लिए पश्चात प्रिन्स र रसिलाको जोडीले क्वाटरफाईनलमा स्थान पक्का गरेका थिए ।

मंगलबार सम्पन्न खेलमा खनाल र गौचनको जोडीले श्रीलंकाका थुलिथ पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई १८–२१, २४–२२ र २४–२२ को कठिन जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्यालेन्जको भएको अन्य खेलमा नेपाली खेलडीहरुले निराशाजनक प्रदर्शन गरे । मिक्स युगलतर्फकै अन्य खेलमा देव राना र शेष्ना सिर्पालीको जोडी थाईल्याण्डका नोन्ताकोर्न थोङ्ग–अन र कोडचापोर्न चाईछानाको जोडीसंग २१–९, २१–१४, भोजबहादुर गुरुङ्ग र अन्जना राईको जोडी युएसएका प्याट्रिक ची र नाताली चीको जोडी संग २१–११, २१–८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडी संग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाईल्याण्डका अपिचासित थिराविवत र पन्नवी पोलियामको जोडी संग २१–८, २१–६ ले पराजित भए ।

योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजनामा भएको च्यालेन्जको पुरुष युगलतर्फ नेपालको आशालाग्दा खेलाडी तथा ओलम्पियन प्रिन्स दाहाल र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीले पनि नेपालको लागि खुसी दिलाउन सकेनन् । सो जोडी पहिलो सेटमा २१–१७ ले पराजित भए पश्चात दोश्रो सेटमा २३–२१ ले आफ्नो पक्षमा पार्न सफल भई केहि आशा दिलाएता पनि तेश्रो तथा अन्तिम सेट २१–१५ ले गुमाउँदै पराजित हुन पुगे ।

यस्तै पुरुष युगल तर्फको अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडीसंग २१–७, २१–१०, भोजबहादुर गुरुङ्ग र प्रफुल महर्जनको जोडी भारतकै विप्लभ कुभाले र विराज कुभालेको जोडीसंग २१–१३, २१–१६ र सुनिल जोशी र अमन महर्जनको जोडी थाईल्याण्डका नारुत सेङ्गखाम र अपिचासित थिराविवतसंग २१–८ र २१–१० ले पराजित भए ।

महिला युगलतर्फको खेलमा नेपालकी नम्बर एक खेलाडी रसिला महर्जन र अमिता गिरीको जोडी श्रीलंकाका हसिनी अबलङ्गगोदागे र हसरा विजयरत्नेको जोडीसंग २१–११, २१–१७ र शोभा गौचन र शेष्ना सिरपालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसंग २१–१८, २१–१४ ले पराजित भए । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

Loading ad...
xTreme Energy Drink
पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक

१४औं साग चैतमा

१४औं साग चैतमा