काठमाडौं। नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल इन्टरनेसनल च्यालेन्जको पहिलो चरणबाटै बाहिरिएका छन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सोमबारदेखि सुरू भएको प्रतियोगितामा पुरूष एकलतर्फ प्रिन्स भारतका कविन थाङ्गमसँग २२–२०, १२–२१, १३–२१ ले पराजित भएका हुन्।