काठमाडौं । नर्भिक इन्टरनेश्नल अस्पतालले महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२४’ को उपाधि जितेको छ । शनिबार काठमाडौंमा भएको फाईनलमा ओम समाज डेन्टल हस्पिटललाई हराउँदै नर्भिक च्याम्पियन बनेको हो ।
नर्भिकले एभरेष्ट अस्पताल र ओमले ओभरसीज फ्रेन्डसिप इन्टरनेशनल अस्पताललाई हराएर उपाधि भिडन्त पक्का गरेका थिए । उपाधि सहित नर्भिकले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता ओमले २० हजार रुपैयाँमा चित्त बुझायो । विजेता टिमलाई महिला स्वास्थ्य तथा राइट पाथ बिजेनेशका प्रमुख कार्यकारी निर्देशक बसन्त शर्माले ट्रफी, मेडल सहित पुरस्कृत गरेका थिए ।
‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा हस्पिटल सहभागी थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा यतिकेम ग्रुप तथा सहयोगी संस्थाको रुपमा नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगमले सघाएका थिए ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थालाई जोड्ने उद्धेश्यले महिला स्वास्थ्य डट कमले हरेक वर्ष फुटसल प्रतियोगिता आयोजना गर्दै आएको छ । विजेता टिमलाई बधाई दिदै बिजनेश हेड शान्ति शर्माले प्रतियोगितालाई अर्को वर्ष समेत निरन्तरता दिईने उल्लेख गरिन् ।