धरान। तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१–३९ को अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो क्वाटरमा सियोन स्कुलले ८–४ को अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो क्वाटरमा धरान मेघा ए टिमले क्रमशः १४–११, १३–११, र २०–९ को अन्तरले पुनरागमन गर्दै जित हात पारे।
दोस्रो सेमिफाइनल खेलमा होलिल्यान्डले झापाको टावर टेम्पल स्कुललाई ५९–३७ अंकको सहज जित निकाल्दै फाइनल प्रवेश गर्यो। होलिल्यान्डले पहिलो, तेस्रो र चौथो क्वाटरमा क्रमशः १४–६, २०–५ र २१–१२ अंकको प्रभुत्व जमाउँदै खेल जित्यो। दोस्रो क्वाटरमा टावर टेम्पलले १४–४ को अग्रता बनाएको थियो।